२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

माओवादीका मन्त्रीले भोलि सरकार छाड्ने

माओवादीका मन्त्रीले भोलि सरकार छाड्ने


काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबार सामूहिक राजीनामा दिने भएका छन् ।

अहिले विना विभागीयको हैसियतमा रहेका माओवादी केन्द्रका ९ मन्त्री र ७ जना राज्यमन्त्रीले शुक्रबार राजीनामा दिने भएका हुन ।

‘आज बिदाको दिन भएकाले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएनौं, भोलि दिने सम्भावना रहेको छ’ विनाविभागीय मन्त्री गिरिराजमणि पोख्रेलले भन्नुभयो, ‘सरकारले चुनाव नगर्ला कि भन्ने शंका रहेर विना विभागीय हुँदाहुँदै पनि आजसम्म सरकारमा बस्यौं तर शुक्रबार भने हामी बाहिरिन्छौं ।’

नेकपा माओवादी केन्द्रले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावको लागि एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ गते माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij