
काठमाडौं । सर्वोच्च अदालतमा प्रा. डा. गोविन्द केसीमाथि लगाइएको मुद्दामा बहस चलिरहेका बेला बुधबार काठमाडौंको माइतीघर मन्डलामा उनका समर्थकहरु भेला भएर प्रदर्शन गरेका छन् ।
‘डा. केसीलाई बिनाशर्त रिहा गर’, ‘डा. केसीविरुद्ध लगाइएको मुद्दा खारेज गर’, ‘भ्रष्टाचार र माफियातन्त्र अन्त्य गर’, ‘न्यायपालिकाको पुनःसंरचना गर’ जस्ता नारा लगाउँदै उनीहरु सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका नेता–कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij