२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अमेरिकामा हिमपातको कहर : ४ को मृत्यु, ७ करोड जनता प्रभावित

अमेरिकामा हिमपातको कहर : ४ को मृत्यु, ७ करोड जनता प्रभावित

काठमाडौँ । अमेरिकाको विभिन्न राज्यमा भएको हिमपात र आँधीका कारण ७.२ करोडभन्दा बढी जनता प्रभावित बनेका छन् । आलाबामादेखि न्युयोर्कसम्म बाक्लो हिमपात भएको छ । जसका कारण हालसम्म ३ जनाको मृत्यु भएको बताइएको छ ।

केही स्थानमा ८ इन्च बाक्लो हिउँ परेको छ । बाक्लो हिउँका कारण कनेक्टिकट लगायतका राज्यहरुको राजमार्ग अवरुद्ध बनेको छ भने उत्तरी क्यारोलाइनामा विद्युत आपूर्ती बन्द भएको छ ।

विभिन्न एयरलाइन्सहरुले उडान रद्द गर्नुपरेको छ भने विभिन्न राज्यमा सवारी चलाउन निषेध समेत गरिएको छ । क्यालिफोर्नियाँमा यो सप्ताह १२ इन्चम्म वर्षा हुने बताइएको छ ।

वर्षा र हिमपातका कारण त्यहाँमा पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो बाढी आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij