तेहरान । इरानका पूर्वराष्ट्रपति अली अकबर हासमी रफसञ्जानीको निधन भएको छ ।
८२ वर्षीय पूर्वराष्ट्रपति रफसन्जानीको हृदयाघातका कारण तेहरानस्थित एक अस्पतालमा निधन भएको हो ।
सन् १९८० को दशकका इरानको राजनीतिमा एक महत्वपूर्ण नेताका रुपमा उनको उदय भएको थियो । उनी सन् १९८९ देखि १९९७ सम्म इरानको राष्ट्रपति बनेका थिए । तर सन् २००५ को निर्वाचनमा उनी महमुद अहमदिनेजादसँग पराजित भएका थिए ।
रफसन्जानी एक्सपिडिएन्सी काउन्सिलको अध्यक्षसमेत थिए जसले संसद र संवैधानिक निकाय गार्डियन काउन्सिलबीच मतभेद देखिएमा त्यसलाई मिलाउने जिम्मेवारी पाएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij