२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सन्दर्भ : कतारको राष्ट्रिय दिवस, विकासको द्रुत गतिमा कतार

सन्दर्भ : कतारको राष्ट्रिय दिवस, विकासको द्रुत गतिमा कतार

दोहा । आज सोमबार १८ डिसेम्बर, कतारले आफ्नो राष्ट्रिय दिवस मनाउँदै छ । हरेक वर्ष कतारले मनाउने राष्ट्रिय दिवसमा कर्नेसमा राष्ट्रिय दिवसको अवसर पारेर आर्मी र्फोस, आन्तरिक मन्त्रालय, लखुइया, नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड देखाउनेछन् । त्यस्तै, सैन्य तथा युद्ध विमानहरूको प्रदर्शन पनि हुनेछ ।

कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको छ । त्यतिखेरका अमिर शेख जसिम बिन मोहमद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए । कतार प्रायद्वीपमा मानव बसोबास लगभग ४ सय बीसीतिर सुरु भएको मानिन्छ । आधुनिक कतारका संस्थापक सेख जसिम बिन मोहम्मद अल थानी तमिम समूहका थिए ।

उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाए । स्थानीयस्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाए । उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो । शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए ।

उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन्् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए । सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो । सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो । कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ । उनको शासनकाल कतारको इतिहासमा सुरक्षा, न्याय र सेवाको कालका रूपमा लिइन्छ ।

कतारमा शासन गरिरहेको टर्किस साम्राज्य पहिलो विश्वयुद्धसँगै समाप्त भयो । सन् १९१६ मा कतारी भूमि र जनताको संरक्षणका लागि सन्धि भयो । बेलायती शासनले कडा रूपमा प्रशासकीय मामिलालाई अनुगमन गर्दै गयो ।

कतारमा गत ९ डिसेम्बरदेखि १० दिनसम्म राष्ट्रिय दिवस मनाइँदै छ । आज सोमबार अन्तिम दिन कतारी जनता ठूलो समूहमा जम्मा भएर सैन्य परेडको अवलोकन गर्दै छन् । कतारले राष्ट्रिय दिवसलाई एकता, वफादारी र गौरवको प्रतीकका रूपमा मनाउँदै आएका छन् । कतारले सन् २००८ देखि राष्ट्रिय दिवस मनाउन सुरु गरेको हो ।

कतार अहिले विश्वको सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश हो । आफ्नै स्रोत र साधनको प्रयोग गरी छोटो समयमा नै उल्लेख्य सफलता हासिल गरेको मुलुकको रूपमा कतारलाई लिइन्छ । विश्वका धेरै मुलुकहरू प्राकृतिक स्रोतसाधन सम्पन्न हुन्छन् तर तीमध्ये आफ्नो सम्पत्तिको उपयोग राम्रोसँग गर्दै विश्वको धनी राष्ट्र बन्न सफल भएको छ, कतार ।

तेल, ग्याँस र बाह्य लगानीको आधारमा कतारमा विकासले गति लिएको हो । सन् १९५१ मा कतारले प्रतिदिन ४६ हजार ५ सय ब्यारेल तेल निकाल्न थाल्यो, जसको कारण उसले राजस्वको रूपमा ४२ लाख अमेरिकी डलर पाउने गथ्र्यो । अन्य स्थानहरूमा पनि तेल उत्पादन हुने र उक्त क्षेत्रहरूको पनि विकास हुनेक्रम जारी रहेको कारण कतारले आफ्नो तेल उत्पादन २ लाख ३३ हजार ब्यारेल प्रतिदिन पुर्यायो ।

सेख हमादको शासन र कतारको पुनर्जागरण
सन् १९९५ मा सेख हमाद खलिफा अल थानीले अमिर खलिफा बिन हमादलाई पराजित गर्दै शासन आफ्नो हातमा लिएपछि कतारमा विकासको गति बढ्यो । सेख हमादले कतारलाई नयाँ दिशामा अघि बढाए । उनले आफ्नोपहिलो कामको रूपमा उत्तर क्षेत्रको ग्याँस उत्पादनलाई तीव्रता दिए र पहिलोपटक ग्याँस निर्यातको काम सुरु गरे ।

आर्थिक सेवा प्रदायकहरूको उद्योगमा विस्तारका लागि सन् २००५ मा कतार आर्थिक केन्द्रको स्थापनासँगै कतारमा विकासले थप गति लियो । विश्वको सानो मुलुक कतारको प्रतिव्यक्ति आय ९८ हजार ८ सय अमेरिकी डलरको हाराहारीमा छ । कतारको जनसंख्या पनि करिब २३ लाख १५ हजार मात्र रहेको छ । कतारसँग यति सम्पत्ति रहेको छ कि ऊ अहिले मरुभूमिमा एक प्रमुख सहर निर्माण गर्न गइरहेको छ ।

कतारको क्षेत्रफल केवल ११ हजार ५ सय ७१ वर्ग किलोमिटर रहेको छ । नेपालको क्षेत्रफल भने १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । कतारको जनसंख्या पनि नेपालको भन्दा थोरै नै छ तर कुल गार्हस्थ्य उत्पादनको हिसाबमा भने कतार विश्वको ४९औं स्थानमा पर्छ । प्रतिव्यक्ति आयको हिसाबमा भने कतार सबैभन्दा अगाडि रहेको छ र कतारको राजधानी दोहा विश्वको सबैभन्दा धनी सहर हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij