२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विपक्षी दलहरुको विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश

विपक्षी दलहरुको विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश

काठमाडौं । विपक्षी दलहरुको विरोधकाबीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश भएको छ । आज बसेको संसदको दोस्रो बैठकमा संविधान संशोधन विधेयक, निर्वाचनसम्वन्धी दुई विधेयक पेश भएको छ ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने समेत निर्णय भएको छ ।
संसदमा संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरेका थिए ।
तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि एमाले सहितका विपक्षी दलका सांसदहरुले नाराबाजी गरे । विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना अस्वीकृत भएको घोषणा गरिन् ।
लगत्तै कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक पेश गरे । स‌ंसदको आजै बसेको पहिलो बैठक पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो ।
संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij