काठमाडौं । के तपाईंले महिलाले पुरुषमाथि बलात्कार गरेको घटना सुन्नु भएको छ ? सायदै सुन्नु भएको होला । बलात्कार कार्यमा महिला होइन, अक्सर पुरुषहरु नै अग्रसर हुन्छन् । हाम्रो सामाजिक परिवेश र कानुनले बलात्कारको घटनामा पुरुषलाई नै दोषी ठहयाउँछ ।
तर, विश्वमा एउटा यस्तो आदिवासी जनजाति समुदाय छ, जुन समुदायमा पुरुषले होइन महिलाले पुरुषमाथि बलात्कार गर्छन् । यो उनीहरुका लागि सामान्य विषय हो । परपुरुषसँग यौन सम्पर्क स्थापित गर्नु उनीहरुको लागि सामान्य विषय हो । यी जनजातिका महिलाहरुलाई विवाहपछि परपुरुषसँग जबर्जस्ती सम्बन्ध बनाउन पनि छुट छ ।
त्यस्तै, विवाह अघि पनि महिलाले इच्छाएको पुरुषसँग सम्बन्ध राख्न सक्छन् । यौन सम्बन्ध राख्न उनीहरुलाई कतैबाट छेकबार छैन । यी महिलालाई आफ्नो मुड अनुसार पतिसँग सम्वन्ध विच्छेद गर्न पनि छुट छ ।
यो देशमा पुरुषलाई दोस्रो दर्जाका रुपमा हेरिन्छ । त्यहाँ पुरुषले घुम्टो ओड्छन् । पुरुषहरुले घर परिवारका सदस्यमाझ समेत आफ्नो घुम्टो खोल्न पाउँदैनन् । महिलाहरु भने खुलमखुला हिँड्छन् । साथै घर बाहिरको काममा पनि महिलाहरु नै अगाडि हुन्छन् ।
हाम्रो देशका परम्पराको ठीकविपरीत यो जनजातिमा विवाहपछि लोग्नेले आफ्नो घर छाडेर स्वास्नीको घरमा आउनुपर्छ । लोग्नेलाई बाहिरी काम गर्नका लागि स्वास्नीको अनुमति चाहिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij