
काठमाडौं । काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे। विवेकशील साझा पार्टीका डा.सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन्। कुल ५२ हजार १३५ मत खसेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij