
पोखरा । नेकपा एमालेका उम्मेदवार रवीन्द्रकुमार अधिकारी कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
अधिकारीले ८ हजार ५४६ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गरेका हुन् ।
अधिकारीले २७ हजार २०७ मत ल्याउँदा चालिसेले १८ हजार ६६१ मत ल्याएका छन् ।
अधिकारी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन कास्की क्षेत्र नम्बर–३ बाट विजयी भएका थिए ।
यस्तै, ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा अधिकारी कास्कीको तत्कालीन क्षेत्र नम्बर–३ बाट विजयी हुँदै सभासद/सांसद भएका थिए ।
कास्कीमा अधिकारीले लगातार तेस्रो जित दर्ता गरेका हुन् । उनी व्यवस्थापिका–संसदको विकास समितिका सभापतिसमेत भएका थिए ।
अहिलेसम्म अधिकारीले चारपटक निर्वाचन लडेकामा २०५६ को आम निर्वाचनमा भने पराजित भएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij