२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सफल होला ऋचाको कमब्याक ?

सफल होला ऋचाको कमब्याक ?

काठमाडौं । ‘नाई नभन्नू ल’ गर्ल ऋचा सिंह ठकुरीले विवाहपछि नेपाली फिल्ममा कमब्याक गरेकी छिन् । दर्जन बढी फिल्ममा अभिनय गरेपनि ऋचाको सबैभन्दा सफल फिल्म ‘नाई नभन्नू ल’लाई मानिन्छ । तर, ऋचा पछिल्लो समय भने गुमनाम जस्तै भएकी थिइन् । न उनी अभिनीत कुनै फिल्म रिलिज भएका थिए न त मिडियामा नै उनको कुनै चर्चा सुनिएको थियो ।

राज थापासँग विवाह गरेपछि एकाएक नेपाली फिल्मबाट हराएकी ऋचाले केही वर्षको अन्तरालपछि फिल्म ‘सुपर गोर्खे’बाट कमब्याक गरेकी छन् । यो फिल्म मंसिर २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई ऋचा आफैंले निर्माण गरेकी हुन् भने उनका श्रीमान राजले निर्देशन गरेका हुन् ।

कुनै समयकी ब्यस्त नायिकाको रुपमा चिनिएकी ऋचाका लागि ‘सुपर गोर्खे’ अग्निपरिक्षा बनेको छ । विवाहपछि नेपाली नायिकाहरु फिल्मबाट हराउँदै गएको अवस्थामा ‘सुपर गोर्खे’ले नै ऋचालाई फेरि फिल्ममा व्यस्त रहने वा गुमनाम बनाउने भन्ने तय गर्छ । यसकारण पनि ऋचाका लागि यो फिल्म हिट हुन अत्यन्त आवश्यक छ ।

अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्तिबिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ । फिल्ममा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij