प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज बिहान ७ बजेदेखि जारी छ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ ।
एमाले युवा नेता एवं भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत गुण्डुमा मतदान गर्दै ।
नवलपरासी पश्चिमको जनगागृती मावि गुठीप्रसौनी केन्द्रबाट मतदान गर्दै स्वतन्त्र राजननीतिक समूहका नेता ह्दयेश त्रिपाठी ।
धनुषास्थित राजेश्वरनिधि उच्च माविबाट कांग्रेस नेता बिमलेन्द्र निधिले मतदान गरेका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंह मतदान गर्दै ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगरमा मतदान गर्दै ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ को असिग्राम माविबाट मतदान गरेका छन् ।
विहान ८:३० बजे मतदान गर्ने भने पनि प्रधानमन्त्री शेरबहादुर देउवा चिसोका कारण १०:२० मा मात्रै मतदान गरेका हुन् ।
विहान ८:३० बजे मतदान गर्ने भने पनि प्रधानमन्त्री शेरबहादुर देउवा मतदान केन्द्रमा पुगेका छैनन् । माैसम चिसो भएका कारण प्रधानमन्त्री मतदान केन्द्रमा आइनपुगेको बताइएको छ।
एमाले महासचिव ईश्वर पोखरेल मतदान गरेपछि । तस्वीर सौजन्य : लोकेन्द्र केसीराप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा मतदान गरेपछि ।साझा विवेकशील पार्टीका नेता रविन्द्र मिश्र मतदान गर्दै ।