२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको त्रि–दिवसीय भ्रमणमा रहेका जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्यो ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij