२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मतदाता परिचयपत्र छैन? नागरिकता र लाइसेन्सले पनि दिन पाइन्छ मत

मतदाता परिचयपत्र छैन? नागरिकता र लाइसेन्सले पनि दिन पाइन्छ मत

काठमाडौं । मतदाता नामावलीमा नाम छ तर प्राविधिक कारणले तपाईँसँग परिचयपत्र छैन भने मत दिने अरु विकल्प पनि हुन् सक्छन्। नामावली भएपछि परिचयपत्र नभएकै कारण तपाईँ मत दिनबाट बञ्चित हुनु पर्दैन।

निर्वाचन आयोगले यसअघिको दोस्रो संविधानसभा र हालैको पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनाव र स्थानीय तह निर्वाचनमा पनि यी विकल्प मतदातालाई दिएको थियो।

अहिले पनि आयोगले सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ। मतदाता परिचयपत्र सबैको हातमा पुर्‍याउन र प्राविधिक कारणले मतदाताले बुझ्न नसकेको अवस्थामा यो विकल्प आयोगले दिएको हो। यस्तै परिचयपत्रमा विवरण फरक परेको अवस्थामा पनि विकल्प प्रयोग गरी मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको हो।

आयोगले नेपाल सरकारका निकायबाट जारी भएका प्रमाणपत्र, नागरिकता, सवारी चालक अनुमति पत्र, २०७० सालमा आयोगले जारी गरेको मतदाता परिचयपत्र, राहदानी, जग्गा धनी प्रमाणपत्र तथा अन्य सरकारी निकायबाट जारी भएका फोटोसहितका परिचयपत्र हुनेले मतदान गर्न पाउने व्यवस्था गरेको हो।

परिचयपत्रमा सानोतिनो भूलचुक भएमा नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था यसअघि आयोगले मिलाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij