
धनगढी । प्रधानमन्त्री शेरवहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा एभिन्यूज खबरसँग धनगढीमा कुरा गर्दै प्रधानमन्त्री देउवाले संबिधान निर्माणमा योगदान गरेको कांग्रेसले संबिधान कार्यान्वयनमा पनि ठुलो दल भएर नेतृत्व गर्ने दावि गरेका हुन । विपक्षीले चर्चा गरे झै निर्वाचनमा कांग्रेस कमजोर नभएको भन्दै देउवाले मुलुकको भावि प्रधानमन्त्री समेत आफु नै भएको बताए ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओली जिन्दगीमा कहिले पनि प्रधानमन्त्री बन्न नसक्ने दावि समेत गरे ।
निर्वाचन बहिस्कार गरेको नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले निर्वाचनको समयममा विस्फोटका केही घटना घटाएपनि त्यसले निर्वाचन प्रभावित नहुने समेत देउवाको भनाइ छ । उनले निर्वाचनका लागि सुरक्षा लगायतका सम्पुर्ण तयारी सरकारले गरिसकेकाले ढुक्क भएर मतदान गर्न पनि प्रधानमन्त्री देउवाले मतदातालाई आग्रह गरेका छन् ।
बामपन्थी एकता मुलुकमा अधिनायकवाद ल्याउनका निम्ती भएको भन्दै राष्ट्रपतीय पद्धतिको कुरा पनि सोही उद्देश्यले उठाइएको उनले बताए । एकै जनाको हातमा शासनसत्ता जाने शासन व्यवस्था संविधानका मर्म विपरित रहेको पनि प्रधानमन्त्री देउवाको भनाइ छ ।
निर्वाचनले मुलुकको संक्रमणकालको सफलतापूर्वक व्यवस्थापन गर्ने पनि उनले बताएका छन् । प्रधानमन्त्री देउवासँग एभिन्यूज खबरले गरेको कुराकानी आज बेलुकी नौ बजे प्रशारण हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij