२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आज राति १२ बजेदेखि मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

काठमाडौं । दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुने ४५ जिल्लामा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

दल, उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यमलगायत कुनै व्यक्ति या संस्थाहरुले आज राति १२ बजेपछि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनाबको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ । चुनाव प्रचारको अन्तिम दिन आज सबै जसो दल र उम्मेदवारले आफ्नो अन्तिम चुनावी सभा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij