२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रतिभाशाली व्यक्तिको रुपमा चर्चा कमाउँदै मिलन श्रेष्ठ

प्रतिभाशाली व्यक्तिको रुपमा चर्चा कमाउँदै मिलन श्रेष्ठ

मिलन श्रेष्ठ नेपाली कलाकारिताको क्षेत्रमा चर्चित नाम हो । ‘प्रेमदान’, ‘कहिले मिलन कहिले विछोड’, ‘आमा’, ‘सम्पति’, ‘शंका’ लगायतका डकुमेन्ट्री
मुभीहरुहरुमा उनले पटकथा निर्देशन, कथावस्तु लेखन, सम्पादन लगायतका विभिन्न भूमीकाहरु निर्वाह गरिसकेका छन् । अाफैं माेडल समेत रहेका उनले अहिले सम्म आफू प्रत्यक्ष भूमीकामा रही तयार गरेका मुभी, डकुमेन्ट्री, म्युजिक भिडियो लगायतका सामाग्रीहरु १ सय ८२ पुगिसकेको उनी बताउँछन् । हाल उनले मिलन फिल्म प्रोडक्सन नामक कम्पनी पनि सञ्चालन गर्दै आएका छन् ।

चलचित्र मध्ये ‘चलेको चलन’, ‘मृगतृष्णा’, ‘प्रहरी अनुरोध’, ‘गुठी’ लगायतमा पनि अभिनय गरिसकेका श्रेष्ठको अब तुरुन्तै ‘स्मोकी सिटी’ नामक नयाँ
मुभि आउने क्रममा छ । यस मुभीको सहनिर्देशकको भूमिका मिलन श्रेष्ठ आफैंले निभाएका छन् ।
‘ठेस लाग्यो ढुङ्गामा’, ‘माया लाउँदिन कोहिसित’, ‘१६ बर्षे उमेर’, ‘यस पालिको तीजमा तिमी माइत जाउ’, ‘एसएलसी पास गरेसी मलाई व्वायफ्रेण्ड चाहियो’ लगायतका गीतहरु आफैंले नै उत्पादन गरेका श्रेष्ठको ‘माया लाउँदिन कोहिसित’ चर्चित रह्यो । यस गीतले १० लाख भन्दा बढी रकमको व्यापार गर्न सफल भयो ।

कलाकारिता क्षेत्रमा प्रवेश ः

२०५८ सालमा एक परिचित मित्र लक्ष्मण विक्रम बस्नेत, कुमार भण्डारी र आफ्नी श्रीमती सुनिता श्रेष्ठ (मोडल समेत हुन्)को सहयोगमा रंगमञ्चमा प्रवेश गरेका मिलन श्रेष्ठलाई अहिलेको अवस्थामा आइपुग्नुमा जीवन थापा, राज बस्नेत लगायतका मित्रहरुबाट पनि राम्रो साथ प्राप्त भएको छ ।

श्रेष्ठ स्टेज प्रोग्राम चलाउन सक्ने कुशल प्रतिभाशालि पात्र हुन् । काठमाडौं, नुवाकोट, रसुवा, धादिङमा स्टेज प्रोग्राम गर्नुपरेमा उनको नाम अगाडि नै आउँछ । यसै बर्षको तिजमा समेत २२ ओटा स्टेज प्रोग्राम सञ्चालन गरेका र १७ ओटा एल्बम निकालेका मिलन श्रेष्ठ नवप्रतिभाशालि युवा उद्यमी समेत हुन् ।

युवा उद्यमीको रुपमा मिलन श्रेष्ठ ः

रंगमञ्चको अलावा ‘मन्सुदा रियल स्टेट प्रा.लि’ सञ्चालन गरेर घरजग्गाको कारोबार समेत गर्दै आएका छन् । विगत ४ बर्ष देखि फुटुङ स्थित कुखरापालन समेत गर्दै आएका मिलन श्रेष्ठले नुवाकोटको देवीघाटमा ३८ रोपनी जग्गामा माछापालन, बुंगुर र बँदेल पालन गर्दै आएकोमा हाल उनले यस क्षेत्रको लगानी बाट भने झिकिसकेका छन् ।
जन्मथलो नुवाकोटबाट एसएलसी उत्तीर्ण भएपश्चात् त्यो समयमा द्वन्द्व काल भएको कारण ग्रामीण क्षेत्रमा बस्न सक्ने अवस्था थिएन । सोही कारण गाऊँ छोडेर काठमाडौं आएका मिलन श्रेष्ठ काठमाडौंमा आइसके पश्चात् शुरुमा बेकरी पसल सञ्चालन गरे । बेकरीजन्य वस्तुहरुको उत्पादन आफैं गरे ।

सामाजिक क्षेत्रमा मिलन श्रेष्ठ ः

मिलन श्रेष्ठ विभिन्न सामाजिक अभियानमा पनि त्यत्तिकै सक्रिय छन् । उनी नुवाकोटको ‘बुडिसेरा युवा क्लब’को संस्थापक सदस्य हुन् । सुनखानी सृजनशिल समाजका अध्यक्ष समेत रहेका श्रेष्ठले विनायक अस्पताल र एक गैह्र सरकारी संस्थाको सहकार्यमा आयोजना गरिएको महिलाहरुको पाठेघरको अप्रेसन गर्ने कार्यक्रममा पनि निकै ठूलो सहयोग गरेबका थिए । खासगरी बाटो, मन्दिर, भवन, क्लब लगायतको निम्ति आफ्नो जन्मभूमी नुवाकोटमा सहयोग गर्दै आएका छन् ।

नेपाली काङग्रेस निकट मानिने ‘नेपाल सांस्कृतिक संघ’को दोस्रो कार्यकालको निम्ति कार्यसमितिमा कोषाध्यक्ष पदमा भर्खर मात्र निर्वाचित भएका छन् । ।

कलाकारिता प्रतिको रुचि ः

१० बर्षको कलिलो उमेर देखि नै कविता लेख्न रुचाउने श्रेष्ठको कविता मोह अहिले पनि मरेको छैन । शुरुका दिनमा कलाकारिता क्षेत्र उनको शोखको रुपमा रहेको भए पनि अहिलेको अवस्थामा भने उनी कलाकारिता क्षेत्रमा व्यावसायिक तवरले नै लागेका छन् ।

श्रेष्ठकाे बुझाईमा कलाकारिता क्षेत्र ः

भन्छन्, ‘यस क्षेत्रमा राम्रो तवरले बुझेर दृढ अठोटको साथ लाग्ने हो भने यस क्षेत्रबाट निकै राम्रो गर्न सकिन्छ । तर कुनै नयाँ कलाकार शोखको लागि मात्र आउन चाहन्छन् भने कलाकारिता क्षेत्र अपेक्षाकृत रुपमा सफल नहुने सम्भावना अधिक रहन्छ । यस क्षेत्रमा राम्रो तवरले टिक्नको निम्ति निकै सङ्घर्ष गर्नुपर्छ । पछिल्लो समय नेपालमा भएका कलाकारिताको क्षेत्रका राम्रा प्रतिभा बाहिरिइरहेका छन् । विडम्बना भन्नुपर्छ यस क्षेत्रमा काम गर्न चाहने कला र गलाका धनी मानिसहरुसँग धन हुँदैन, धन हुने सँग कला र गला हुँदैन । यसै कारणले गर्दा नेपालमा कलाकारले राम्रो अवसर नपाएका हुन सक्छन् ।’
मिलन श्रेष्ठले व्यक्त गरेका यी शब्दले नै बताउँछ कि नेपालमा कलाकारितामा रहेर काम गर्न चाहने उत्कृष्ट प्रतिभाको सम्मान हुन सकेको छैन । प्रतिभाको सम्मान हुन सक्ने अवस्था रहेको भए अहिले नेपालबाट प्रतिभावान् कलाकारहरु अवश्य पनि बाहिरिनुपर्ने थिएन । कलाकारिताको क्षेत्र राम्रो हुनु भनेको सभ्य र सुसंस्कृत समाजको निर्माणमा टेवा पुग्नु हो । समग्रमा नेपालको विकास हुनको निम्ति सबै क्षेत्रमा भएका राम्रो प्रतिभाको उचित सम्मान हुनु जरुरी छ ।

कलाकारको स्तर वर्गिकरण हुनुपर्नेमा जाेड दिन्छन् श्रेष्ठ

जे–जस्ता चुनौतीको बीच काम गर्नुपरे पनि नेपालमा रंगमञ्चको क्षेत्र तुलनात्मक रुपमा पहिले भन्दा राम्रो त बनेको छ नै ।
मिलन श्रेष्ठ कलाकारितामा प्रवेश गर्दाको समय २०५८ को तुलनामा हेर्ने हो भने यो क्षेत्र निकै नै राम्रो तवरले फस्टाएको छ । अहिले कलाकारको अवस्था पनि राम्रो हुँदै गएको छ । अब राम्रो प्रतिभा भएका कलाकारहरु नेपालमा नै टिक्न सक्ने अवस्था सिर्जना हुनुपर्छ । नेपालका राजनीतिक दल र सञ्चार मध्यमले भने यस क्षेत्रलाई निकै नै सहयोगी भूमीका निर्वाह गर्नुभएकोे छ । यस क्षेत्रलाई थप व्यवस्थित बनाउनको निम्ति राज्यले कलाकारलार्इ क्षमताकै आधारमा वर्गिकरण गर्नु जरुरी रहन्छ । राज्यले संस्कृतिको संरक्षण र उत्थानमा पनि विशेष जोड दिनु जरुरी छ ।

थप व्यवस्थित कसरी हुन सक्छ ?

नेपालमा कलाकारको स्तर निर्धारण नभएको कारणले गर्दा अहिले कुनै अश्लिल वा सामाजिक मर्यादा बाहिरको गीत तथा चलचित्रको कारण नेपालीहरुमा नेपाली गीत र चलचित्रहरु हेर्नबाट टाढिने अवस्था नआओस् । कलाकारले निर्माण गरेका गीत प्रचारप्रसारको दायित्व राज्यको पनि हो । तर अहिले सम्म राज्यले कत्ति पनि सहयोग गरेको छैन । आफूसँग सीप र क्षमता नभएका व्यक्तिहरु पैसा लगानी गर्न सक्ने क्षमताको आधारमा कलाकार बन्न सकिन्छ भन्ने भ्रम कसैले पनि पाल्नुहुँदैन ।

नेपालका कलाकार कमजोर छैनन् ः श्रेष्ठ

नेपालका कलाकार विदेशमा एक पटक जाँदा आफ्नो क्षमताको आधारमा निकै राम्रो कमाउन सक्छन् । १ पटक विदेश गएर पुन नेपालमा आउँदा ल्याएको रकमले अर्को १ बर्ष बाँच्ने आधार तयार हुन्छ । तर नेपालमा भने कलाकारले राम्रो वातावरण पाउन सकेका छैनन् । यसैकारण नेपालबाट कलाकारहरु विदेशिनुपर्ने उनीहरुको बाध्यता भइरहेको छ । कलाकारलाई नेपालमा नै राख्नुपर्छ भन्ने सोच राज्यमा हुने हो भने नेपालमा नै उनीहरुको लागि विशेष व्यवस्था गर्नु जरुरी छ । प्रचारप्रससारको क्रममा निकै ठूलो रकम खर्च हुने भएको हुनाले प्रचारप्रसारको क्रममा आवश्यक पर्ने सम्पुर्ण खर्च राज्यले नै व्यवस्था गरिदिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij