२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रियल मड्रिड अन्तिम १६ मा

रियल मड्रिड अन्तिम १६ मा


एजेन्सी । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ । बुधबार विहान फुएंलाब्रादासँग दोस्रो लेगको खेलमा २–२ गोलको बराबरी खेल्दै अन्तिम १६ मा पुगेको हो ।

दोस्रो हाफमा २–२ गोलको बराबरीमा खेल सकिएपनि समग्रमा रियल मड्रिड ४–२ गोलअन्तरले अघि रहदैं अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा रियलले फुएंलाब्रादालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

रियललाई बराबरीमा पु¥याउनका लागि बोर्जा मायोरलले दुई गोल गरे । यता, फुएंलाब्रादाको लागि भने लुइस मिल्ला र अलभारो पोर्टिलाले गोल गरेका थिए । खेलमा सुरुवात अग्रता भने फुएंलाब्रादाले लिएको थियो । खेलको २५ औं मिनेटमा मिल्लाले गोल गर्दै फुएंलाब्रादालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म फुएंलाब्रादा १–० गोलअन्तरले अघि रहेको थियो । रियलले पहिलो हाफमा निकै गोल गर्ने अवसर खेर फालेको थियो । खेलको ६२ औं मिनेट मायोरलले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । त्यस्तै, खेलको ७० औं मिनेटमा मायोरलले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाएका थिए ।

खेलको ८९ औं मिनेटमा अल्भारोले गोल गर्दै फुएंलाब्रादालाई २–२ गोलको बराबरीमा पु¥याएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij