
नयाँ दिल्ली । विश्वका १ सय १७ सुन्दरीलाई पछि पार्दै भारतका लागि १७ बर्षपछि ‘मिस वल्र्ड’को ताज दिलाएकी मानुषी स्वदेश फर्किएकी छन् । प्रतियोगिताको सफलतापछि ताजसहित जन्मथलो फर्किएकी छिल्लरले भविश्यमा आफू सफल डाक्टर भएर चिनिन चाहेको बताएकी छन् ।
स्वदेश फर्किए लगतै उनले मुम्बईमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा समेत सहभागिता जनाएकी छिन् । उक्त कार्यक्रममा उनले केही बिषयमा आफ्नो बिचार समेत राख्ने अवसर पाइन् । सोही अवसरमा उनलाई बलिउड अभिनयको विषयमा पनि प्रश्न सोधिएको थियो । जवाफमा उनले बलिउड अभिनय तत्काल सोच नभएको बताइन् । उनले भनिन् ‘अहिले म आफ्नो अध्यायनलाई फोकस गर्न चाहन्छु ।’
यदि बलिउड अभिनयको सोच भयो, भने कुन हिरोकासाथ इन्ट्री मार्ने इच्छा छ ? एक पत्रकारले उनलाई प्रश्न तेस्र्याए । ‘मौका मिल्यो भने अमिर खानका साथ डेब्यु गर्ने इच्छा छ’ उनले अगाडि भनिन् ‘किनभने चलचित्रमा उनले धेरै च्यालेन्जिङ भुमिका निर्बाह गर्ने गरेका छन् । अर्का कुरो उनी चलचित्रको माध्यमबाट केही न केही सन्देश दिने गर्दछन् ।’
मानुषीले प्रियंका बलिउडका अभिनेत्री सबैभनदा धेरै मनपर्ने अभिनेत्री भएको समेत बताएकी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij