२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चुडामणि शर्मासँग १ करोड धरौटी माग

चुडामणि शर्मासँग १ करोड धरौटी माग


काठमाडौं । विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग १ करोड रुपैयाँ धरौटी मागेको छ।

थुनछेक बयानका लागि निलम्वित महानिर्देशक शर्मा आज विशेष अदालतमा उपस्थित भएका हुन्। शर्माले अदालत पुगेर बयान दिए।

गत जेठ १९ गते शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको अभियोगमा पक्रेको थियो। त्यसपछि अख्तियारले गैर कानुनी रुपमा नियन्त्रणमा लिएको भन्दै बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च पुगेका थिए। शर्मा पत्नीका तर्फबाट निवेदन दर्ता भएको थियो। निवेदनमा कर फर्छ्यौट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिरसहित मुद्दाको औचित्य नभए दावी गरिएको थियो।

सुरुमा सर्वोच्चले कर फर्छ्यौट अख्तियारको क्षेत्राधिकारमा भए/नभएको भन्दै पूर्ण इजलासमा सुनुवाइका लागि पेश गर्योा। तर, अदालत बाहिरको दवावमा सर्वोच्चले अन्तिम फैसलामा उक्त प्रश्न निरुपणको जिम्मा विशेष अदालतकै जिम्मामा छाडेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij