२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राजकुमार ह्यारीले मेगन मार्कलसँग विवाह गर्ने

राजकुमार ह्यारीले मेगन मार्कलसँग विवाह गर्ने

लन्डन । बेलायतका राजकुमार ह्यारीले आफ्नो प्रेकिा अमेरिकी नायिका मेगन मार्कलसँग विवाह गर्ने निश्चित भएको छ ।

राजकुमार ह्यारी र मेगनले केहि वर्षयता एक–अर्कालाई माया गर्दै आएको उल्लेख गर्दै उनीहरुले अब विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले सोमबार घोषणा गरेको हो ।

बेलायतको राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोलक्रममा रहेका राजकुमार ह्यारीले अब आउने बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् । क्लारेन्स हाउसले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘ विवाहपश्चात् उनीहरु केन्जींगटन प्यालेसस्थित नटिंगम कटेजमा बस्ने छन् ।’

‘बीबीसी’का अनुसार राजकुमार ह्यारी र मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए ।

विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएकोबारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कल गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रुपमा देखा परेका थिए ।

  • बीबीसी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij