
काठमाडौं । युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संस्करणको आवेदन खुला भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक विज्ञप्तीमार्फत जानकारी दिएको हो।
शान्तिको सन्देशका लागि नर्सिङ पेशा रोजेका र अध्ययन गरिरहेकालाई पेशा र समाजप्रति थप उत्तर दायित्व बोध गराउने उदेश्यले विगत ६ वर्षदेखि नियमित प्रतियोगिता आयोजना गर्दै आएको आयोजकको दाबी छ। ‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो प्रतियोगिता स्वास्थ्य पेशासँग सम्बन्धित सौन्दर्य प्रतियोगितामा १६ वर्षदेखि २८ वर्षसम्मका कम्तिमा ५ फिट हाइट भएका अविवाहित युवतीले आवेदन भर्न सक्नेछन्।
आवेदन फारम नेक्स्ट मोडल्स् नेपालको अनामनगरस्थित कार्यलय तथा नेक्सट् मोडल डटकममा उपलब्ध छ। मंसिरको अन्तिम साता काठमाडौंमा हुने प्रारम्भिक चरणकमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाको अनुमान छ ।
प्रतियोगिताका शिर्ष बिजेताले एक लाख नगद, नेपाल ब्रेस्टक्यान्सर फाउण्डेसनको गुडविल एम्बेसडर चयन साथै विभिन्न उपहार समेत जित्नेछन्। प्रतियोगितामा अन्य आधादर्जन विधामा समेत विजेता छानिने आयोजकले जानकारी दिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij