
गोरखा । पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा क्षेत्र नम्बर २ को सिरानचोक गाउँपालिका ८ जौबारीस्थित परोपकार आदर्श मावि केन्द्रमा मतदान गरेका छन्।
वाम गठबन्धनबाट उम्मेदवार रहेका श्रेष्ठ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।
डा. भट्टराईले पालुङटारको अन्नपूर्ण माविमा मतदान गर्दै हुनुहुन्छ ।
त्यस्तै कांग्रेस नेता चिनकाजी श्रेष्ठले आरुघाट गाउँपालिका अन्तर्गत भिमोदय मावि र माओवादी नेता हरीराज अधिकारीले गण्डकी गाउँपालिका ५ दर्बुङको भगवति मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij