२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

२० वर्षे सार्बजनिक सवारी प्रयोग, चैतदेखि देशभर प्रतिबन्ध

२० वर्षे सार्बजनिक सवारी प्रयोग, चैतदेखि देशभर प्रतिबन्ध

काठमाडौं । सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्षे पुराना सार्बजनिक (काले प्लेट)सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ ।

बीसबर्षे पुरानो सवारी कति प्रयोगमा छन् भनेर अहिले दशभरबाट लगत संकलनको काम भइरहेको विभागका प्रबक्ता टोकराज पाण्डेले जानकारी दिए ।

विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रयोग प्रतिबन्ध नियम कार्यान्वयनमा विभाग सफल भएको उनको दाबी छ ।

काठमाडौं उपत्यकाभित्र बीसबर्षे सार्बजनिक सबारी छैन ।

विभागले उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रतिबन्ध लगाएको एक सातामा सबै सवारी हटेको उनको भनाइ छ ।

-अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij