२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ला लिगा : रोनाल्डोको निर्णायक गोलमा रियल विजयी

ला लिगा : रोनाल्डोको निर्णायक गोलमा रियल विजयी

काठमाडौं । घरेलु मैदान सान्टियागो बर्माबेउमा क्रिस्टियानो रोनाल्डोले यस सिजनको पहिलो लिग गोल गरेपछि रियल मड्रिडले मालागालाई ३-२ ले पराजित गरेको छ।

रोनाल्डोले ७६औँ मिनेटमा प्रहार गरेको पेनाल्टी मालागाका गोलकिपरले बचाएपनि रिबाउण्ड बलमा रोनाल्डोले विजयी गोल गरे।

त्यसअघि रियलका लागि करिम बेन्जामा र कासेमिरोले गोल गरेका थिए भने मालागाका लागि डिएगो रोलान र गोन्जालो कास्ट्रोले गोल फर्काएका थिए।

जितपछि १३ खेलबाट २७ अंक जोडेको रियल तेस्रो स्थानमा कायमै छ। १२ खेलबाट ३४ अंक जोडेको बार्सिलोना पहिलो तथा समान खेलबाट ३० अंक रहेको भ्यालेन्सिया दोस्रो स्थानमा छ। बार्सा र भ्यालेन्सियाबीच आइतबार खेल हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij