२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै

जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै


धनुषा । जनकपुरमा बिहीबार सीताराम विवाह पञ्चमी महोत्सवम धुमधामसँग मनाईँदै छ । सप्ताह व्यापरी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा भगवान राम र सीताको विवाह गर्ने प्रचलन छ ।

त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले अहिले समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयमवर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।

बिहीबार दिउँसो साधुशन्तको अगुवाईमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयमवर हुने गर्दछ ।

राम र जानकीको डोला बाह्रबिघा मैदानमा मिलन भए पछि वैदिक परम्परा अनुसार मालाफेर गरी धुमधामका साथ राम जानकीको स्वयमवर गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij