court
काठमाडौं । जलवायु परिर्वतनलाई न्यूनीकरण गर्ने ऐन ल्याउन माग गर्दे सर्वोच्च अदालत मंगलबार दर्ता भएको रीटको बुधबार सुनुवाई भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजालासले ऐन नबन्नुको कारण तत्काल १५ दिन भित्र पेश गर्न आदेश दिएको हो।
तत्काल मुद्दालाई अग्राधिकार दिएर ऐन बनाउन न्यायधीशले विपक्षी सरकार र १६ वटा मन्त्रालयलाई आदेश गरेको छ।अधिवक्ता पदम वहादुर श्रेष्ठले दर्ता गरेको रिटमा बुधबार बरिष्ठ अधिबक्ता अम्मरप्रसाद पन्त, अधिबक्ता षटकोण श्रेष्ठ र राजु फुयालले बहस गरेका थिए।
न्यायाधीश परिर्वतन सम्बन्धी बनेका निर्देशिकालाई तत्काल लागु गर्न र ऐन बनाएर कार्यन्वयन गर्न आदेश भएको हो।सरकारले ल्याएको न्यायाधीश परिर्वतन नीति २०६७ लाई कार्यन्वय नगर्दा न्यायाधीश परिर्वतन अनियन्त्रीत बन्दै गएको छ।
वातवरण संरक्षण ऐन २०५३ ल्याए पनि जलवायु परिर्वतनका कुनै शव्द उल्लेख नहुँदा आफू बच्न र विश्वलाई बचाउनका लागि ऐन आवश्यक भएकाले रीट दायर गरेको अधिवक्ता पदमबहादुर श्रेष्ठले बताए।
नेपालमा हालसम्म अनुकुलन र न्युनीकरणका काम हुन सकेको छैन। मानव जाति, जीवजन्तु, बनस्पति एंव पर्यावरणको संरक्षण गर्न ऐनको जरुरत भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij