
हरारे । जिम्बावेका राष्ट्रपति रोवर्ट मुगावेलाई उनको पार्टी जेडएएनयू–पीएफको प्रमुख पदबाट बर्खास्त गरिएको छ । संकटग्रस्त जिम्बावेमा शनिबार मात्र उनको बर्खास्तीको माग गर्दै लाखौं मानिस सडकमा उत्रिएका थिए ।
उनको स्थानमा इमरसन मननगागवालाई ल्याइएको छ । पछिल्लो समय जिम्बावेमा राष्ट्रपति मुगावेविरुद्ध सैनिक विद्रोह सुरु भएको छ । उनलाई सेनाले नरबन्धमा राखेको बताइएको छ । यहाँ सेनाले राष्ट्रपति मुगावेलाई राजीनामाको दबाब दिइरहेको छ ।
योसँगै मुगावेको ३७ वर्षे शासन सत्तामा रोक लागेको बताइएको छ । जिम्बावेको शासनसत्तामा उनको प्रभाव सकिएको जिम्बावेको शासनसत्तामा उनको प्रभाव सकिएको अनुभूत भएको छ । पछिल्लो साता सेनाले जिम्बावेको प्रशासनमाथि नियन्त्रण लिएको थियो ।
योसँगै विश्वमै सबैभन्दा लामो साशनसत्ताको नेतृत्व गरेका ९३ वर्षीय मुगावेको उत्तराधिकारीबाट चर्चा सुरु भएको छ । अझै पनि उनी राष्ट्रपति पदमा कायम छन् । तर उनले जनता र सत्तारूढ पार्टीबाटै विरोधको सामना गरिरहेका छन् ।
त्यसको सरकारी टेलिभिजनका अनुसार मुगावेले रक्षाप्रमुखसँग यस विषयमा छलफल गरिरहेका छन् । मुगावेले बुधबारदेखि यस संकटको विषयमा छलफल सुरु गरेका थिए ।
१९८० मा जिम्बावे स्वतन्त्र भएको थियो । त्यसपछि उनी निरन्तर रूपमा देशको नेतृत्व गरिरहेका छन् । यसबीच पहिलो पटक जनताहरू सडकमा उत्रिएर उनको निरंकुश शासन अन्त्यको माग गर्दै प्रदर्शन गर्दै आएको छ । उनको विरुद्धमा हरारेसहितका देशका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ ।
मुगावेले आफ्नी श्रीमती ग्रेसका प्रतिद्वन्द्वीसमेत रहेका उपराष्ट्रपति एमरसन मनानगागावालाई बर्खास्त गरेपछि उनको विरोध सुरु भएको हो । उपराष्ट्रपतिलाई बर्खास्त गरेको विरोधमा सैनिकहरूले जिम्बावेको प्रशासनलाई नियन्त्रणमा लिएर मुगावेलाई नजरबन्दमा राखेको थियो । आफ्नी श्रीमतीलाई सत्तामा ल्याउने योजनासहित मुगावेले उपराष्ट्रपतिलाई बर्खास्त गरेका थिए ।
आइतबार पार्टी मुख्यालयमा उनको भविष्यबारेमा छलफल भएको थियो । छलफलमा मतदानबाट बहुमत सदस्यले उनलाई बर्खास्त गर्ने निर्णय गरेका थिए ।
बुधबारदेखि ९३ वर्षीय तानाशाही शासकको सत्ता संकटमा परेको हो । कुनै बेला स्वतन्त्रता सेनानीका रूपमा रहेका उनी सत्तामा आएपछि तानाशाहका रूपमा उदाएका थिए । अधिनस्त जिम्बावेका लागि लड्दै गर्दा देशनिकाला समेत भएका थिए ।
शनिबार भने उनीसँगै ब्रिटिस सामाज्यबाट स्वतन्त्रताका लडेका सेनानीहरूले उनको पतनको सुरुवात भन्दै सडकमा उत्रिएर खुसियाली मनाएका थिए । पार्टी कमिटीमा मुगावेलाई बर्खास्तीको निर्णयसँगै संसद्मा महाअभियोगको प्रस्ताव लैजाने तयारी भइरहेको छ ।
सामान्गीराई पार्टीका संसदीय दलका प्रमुख सचेतक इनोसेन गोनेसेले मंगलबार बस्ने संसद् बैठकमा मुगावे विरुद्ध महाअभियोगको प्रस्ताव लगिने जानकारी दिए । ‘यदि मुगावेले मंगलबारसम्म सत्ता छाडेनन् भने मंगलबारको बिहान पूर्वमा सूर्योदयसँगै उनी महाअभियोगद्वारा बर्खास्त गरिनेछन् । उनीसँगै उनकी श्रीमती ग्रेस मुगावेलाई पनि पार्टीको महिला लिगबाट बर्खास्त गरिएको छ । उनलाई मुगावेको आगामी उत्तराधिकारीको रूपमा हेरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij