२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कांग्रेससँग चुनाव लड्न पाएको भए हुन्थ्यो : प्रचण्ड

कांग्रेससँग चुनाव लड्न पाएको भए हुन्थ्यो : प्रचण्ड

बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँग चुनाव लड्न आफू आतुर रहेको बताउनु भएको छ । बाग्लुङको गल्कोटमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले कांग्रेसकै उम्मेदवारसँग चुनाव लड्न पाएको भए आफू गर्वित हुने भन्दै अहिले आफ्नो प्रतिद्वन्द्वी कोही नभएको उल्लेख गर्नुभयो ।
प्रचण्डले नेपाली कांग्रेसले ‘रुख मासेर हलो बनाएको’ तर्क गर्नुभयो । प्रचण्डले चुनावी सभामा चुनावपछि एमालेसँगको एकताले मुर्त रुप लिने र अन्य कम्युनिष्ट बिचारका दलसँग पनि एकता गरिने बताउनुभयो । नेता दाहालले अबका केही दशक वाम दलहरुले देशको नेतृत्व गर्ने र समाजवाद ल्याएरै छोेड्ने दाबी गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताको लागि वाम एकता : ओली
कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको लागि वाम एकता अपरिहार्य भएको बताउनुभएको छ । ओलीले दिगो सरकारले मात्र देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताउनुभयो । उहाँले चुनावपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्नुभयो । राष्ट्रिय एकता र स्वाधीनताको रक्षा वाम गठबन्धनबाट मात्र सम्भव भएको भन्दै चुनावपछि वाम एकताको प्रकृया सुरु हुने अध्यक्ष ओलीले बताउनुभयो ।
यही सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनबाट नेपाली कांग्रेस आत्तिन नहुने बताउनुभयो । उहाँले धेरै दल हुँदा अस्थिरता बढेको भन्दै दलहरुबीचको एकता सुखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो दल पनि एकताबारे बहस चलाउन तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij