२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘म नारीवादी हुँ तर पुरुष विरोधी होइन’: विद्या

‘म नारीवादी हुँ तर पुरुष विरोधी होइन’: विद्या

www.hdfinewallpapers.com
www.hdfinewallpapers.com

मुम्बई । यस हप्ताको सुरुवातमा ‘आउटलुक बिजनेस वीमेन अफ वर्थ अफ द ईयर’ पुरस्कारबाट सम्मानित बलिउड अभिनेता विद्या बालनले आफू नारीवादी भएपनि पुरुष विरोधी नभएको बताएकी छिन् ।

विद्याले भनिन्, ‘म यस्तो व्यक्ति हुँ, जो यो मान्ने गर्छ कि एक महिलाले त्यस्तै जिन्दगी जिउनु पर्छ, जसरी पुरुष जिउने गर्छन । आफैंलाई निरन्तर महत्व दिनु चुनौती हो र तपाईले लगातार यो कुराले आफैंलाई याद दिलाउनु पर्छ, किनभने तपाईलाई यसको बानी छैन । म जतिधेरै आफूलाई स्थान दिन्छु, त्यतिधेरै खुसी प्राप्त गर्दछु । म जतिधेरै खुसी रहनेछु, त्यतिधेरै मेरो आसपासको दुनियाँ पनि खुसी रहनेछ ।’

विद्या चाँडै फिल्म ‘तुम्हारी सुलु’मा देखिँदैछिन् । यो फिल्म १७ नोभेम्बरबाट प्रदर्शन हुँदैछ । विद्या यो समय फिल्मको प्रमोशनमा व्यस्त छिन् । फिल्मको प्रमोशनको क्रममा विद्या गुजरातको एक उत्सवमा सहभागी भएकी थिइन्, जहाँ उनी पीएम मोदीको स्पेशल बुलेटप्रुफ टेन्टमा बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij