२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ओप्पोको नयाँ मोडल एक सातामा आउने

ओप्पोको नयाँ मोडल एक सातामा आउने

पहिलो फुल स्क्रिन मोडलको सेटमा एआर्इ प्रविधिको प्रयोग

काठमाडौ । मोबाइल ब्राण्ड ओप्पोले नेपाली बजारमा नयाँ मोबार्इल सेट सार्वजनिक गर्न लागेको छ। आगामी मंगलबार एक समारोहकाबीच ओप्पोले नयाँ सेल्फी एक्सपर्ट एफ फाइभ सार्वजनिक गर्ने प्रेस बिज्ञप्तीमार्फत जनाएको छ। कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन गायक सहभागी हुने समेत बिज्ञप्तीमा जनाइएको छ।

नयाँ फोन एफ फाइभ ओप्पोको पहिलो फुल स्क्रिन मोडल भएको कम्पनीले जनाएको छ। यसमा पहिलो आर्टिफिसियल इन्टेलिजेन्सी एआर्इ प्रविधि उपलब्ध भएकोले सेल्फी जमातले मन पराउने अपेक्षा गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

मोबाइलमा सेल्फीका लागि फ्रन्ट क्यामेरामा आर्टिफिसियल इन्टेलिजेन्सी प्रविधि भएकाले फोटो डाटाबेसबाट फोटोलार्इ झनै आकर्षक बनाउने कम्पनीको दावी छ।

सार्वजनिक हुन लागेको सेट फुल स्क्रिन एफएचडी डिस्प्ले मोडलको हो। यसमा फोनको आकार ठूलो नबनाइकनै उत्कृष्ट दृश्य हेर्न सकिने र उच्च रिजोल्यूसन क्षमता भएको कम्पनीले जनाएको छ।

नेपाली बजारमा आगामी मंगलबार सार्वजनिक गरिने यो सेट बजारमा आगामी बुधबारबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij