२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कांग्रेस र प्रधानमन्त्री देउवाले भ्रमको खेती गरिरहेका छन् : ओली

कांग्रेस र प्रधानमन्त्री देउवाले भ्रमको खेती गरिरहेका छन् : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्रका लागि आधा शताब्दी संघर्ष गर्नेहरुबाट लोकतन्त्र खतरामा छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमको खेती गरिरहेको भन्दै रोष प्रकट गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा ओलीले देउवा र कांग्रेसले भ्रम छरिरहेको भन्दै त्यस्ता कुरा नसुन्न मतदातालाई आग्रह गरे ।

उनले चुनावपछि आफुहरु सरकारमा र अहिलेका सत्ताधारी प्रतिपक्षीमा ओर्लने दावी गरे ।

समृद्ध नेपाल बनाउन वाम गठवन्धन गरिएको भन्दै उनले चुनावपछि बन्ने सरकारको सम्पूर्ण ध्यान विकासमा केन्द्रित हुने उल्लेख गरे ।

यसैबीच, सोही कार्यक्रममा नेपालकै सबैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषदलाई नेकपा एमालेमा विलय गराइयो । योसँगै प्रजापरिषदका कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलाल पनि एमालेमै प्रवेश गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij