२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लोकमानविरुद्धको मुद्दामा आइतबार प्रत्युत्तर बहस हुने

लोकमानविरुद्धको मुद्दामा आइतबार प्रत्युत्तर बहस हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दामा आइतबार, २४ पुसमा मात्रै प्रतिउत्तर बहस हुने भएको छ ।

दुई साता स्थगित भई हिजोबाट पुन: बहस शुरु भएको मुद्दामा आज विपक्षीतर्फका वकिलले बहस गरेका थिए ।

विपक्षीको बहस सकिएपछि आजै रिट निवेदक पक्षका वकिलहरुले प्रतिउत्तर बहस गर्ने अपेक्षा गरिएको भए पनि इजलाशले प्रतिउत्तर बहस आइतबारका लागि सारेको हो ।

बहसपछि अदालतले आदेश जारी गर्ने वा आदेश जारी गर्नका लागि अर्को मिति तोक्ने छ ।

न्यायाधीशत्रय इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा रहेको उक्त मुद्दामा यसअघि ७ र ८ पुसमा बहस भएर ‘हेर्दाहेर्दै’ मा परेको थियो । ७ पुसमा पक्षका वकिलहरुले बहस गरेका थिए भने ८ पुसमा विपक्षीतर्फका दुई जना वकिलहरुले बहस गरेका थिए । त्यसैगरी २१ र २२ पुसमा पनि विपक्षी वकिलहरुले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij