२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुकेर ढल्नै लागेको रूखलाई पानी हालेर केही हुँदैन : ओली

सुकेर ढल्नै लागेको रूखलाई पानी हालेर केही हुँदैन : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेर ढल्नै लागेको रूखलाई पानी हालेर केही नहुने भन्दै वाम गठबन्धनतर्र्फका साझा उम्मेदवारलाई विजयी गराई मुलुक र जनताको समृद्धिको चाहना पूरा गर्नुपर्ने बताएका छन् ।

वाम गठबन्धनका तर्फबाट काठमाडौं–५ का उम्मेदवारको प्रचारप्रसारका लागि मंगलबार बसुन्धारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा वाम गठबन्धनले जिते लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धि बनाउने बताए ।

संयुक्त राष्ट्रको समृद्धिको लक्ष्य पूरा हुने गरी वाम गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको बताउँदै उनले यसलाई चुनावी घोषणापत्रका रूपमा नभई मुलुकलाई समृद्धि बनाउने स्पष्ट खाकाका रूपमा लिनुपर्ने बताए ।

‘हामीले सार्वजनिक गरेको घोषणापत्र केवल घोषणापत्र मात्रै नभई संयुक्त राष्ट्रसंघको समृद्धिको लक्ष्यसमेत पूरा हुने समृद्धिका योजना हुन, मुलुक र जनताको विकासका लागि स्ष्पट खाका सार्वजनिक गरेका छौं, जुन अरूसँग छैन,’ ओलीले भने, ‘अरूले के लाउने, के खाने ? केवल लुट्न लागेका छन्, सुकिसकेको रूखको के काम ?’

एमाले र माओवादीको साझा घोषणापत्रमा देशमा विकासको लहर, शान्ति र स्थायित्व दिने खालको रहेको र दुईदेखि पाँच वर्षमा नेपालमा कोही पनि भोकै हुनुनपर्ने योजना रहेको उल्लेख गर्दै उनले समृद्धिको योजना पूरा गर्न वाम गठबन्धनका साझा उम्मेदवारको विजयी अभियानमा जुट्न निर्देशन दिए ।

एमाले महासचिव एवं वाम गठबन्धनतर्फबाट काठमाडौं ५ का उम्मेदवार ईश्वर पोखरेलले आधा शताब्दी नेपाली राजनीतिमा लागेको र सोही क्षेत्रको विकासमा जीवन बिताएकाले निर्वाचन जित्ने बताए ।

वाम गठबन्धनको समृद्धिको लक्ष्य पूरा गर्न आफ्नो उम्मेदवारी परेको बताउँदै उनले नेपाली जनताको विकासका लागि आफू लागिरहने बताए । चुनावी तालमेल भएको एमाले र माओवादीबीच निर्वाचनपछि पार्टी एकीकरणसमेत हुने बताउँदै उनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउने अभियानमा जुट्न आग्रह गरे ।

काठमाडौं–५ मा प्रतिनिधिसभातर्फ पोखरेल, प्रदेशसभा ‘क’मा नारायणबहादुर सिलवाल, ‘ख’मा दीपक निरौला वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिई प्रचारप्रसारमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij