२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

निर्वाचनका लागि भयरहित वातावरण बनाउन प्रधानमन्त्रीको आग्रह

निर्वाचनका लागि भयरहित वातावरण बनाउन प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा गृह मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माण गर्न सबैमा आग्रह गरेका हुन् ।

देउवाले लोकतन्त्रको आधार निर्वाचन भएकाले जनताले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले निर्वाचन सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुनुपर्ने धारणा राखे ।

देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र संविधान कार्यान्वयनका लागि आसन्न निर्वाचन महत्वपूर्ण रहेको बताए । रासस

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij