२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अविवाहित युवतीले गरिन् घाँटी काटेर आफ्नै नवजात शिशुको हत्या

अविवाहित युवतीले गरिन् घाँटी काटेर आफ्नै नवजात शिशुको हत्या

ललितपुर । आफन्त र समाजले थाहा पाउने डरले चापागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छन् ।

सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिब १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ताअघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानकाक्रममा खुलेको छ ।

केही समयदेखि उनी दिदी–भिनाजुसँगै बस्दै आएकी थिइन् ।

अनिषाको नातामा दाजुपर्ने कृष्णबहादुर तामाङलाई पनि सो घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

दुबैजनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चापागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij