२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पलकी सपनाकी परी आँचल

पलकी सपनाकी परी आँचल


काठमाडौं । नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय नेपाली रजतपटमा निकै जमेको जोडी हो । चलचित्रमा मात्रै होइन म्युजिक भिडियोमा पनि उनीहरूको जोडी निकै जमिरहेको छ । यही जोडीले मोडलिङ गरेको नयाँ म्युजिक भिडियो श्रोतामाझ आएको छ ।

सहदेव अर्यालको शब्दमा उदयराज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ । एक युवकले कल्पना गरेकी सपनाकी परीको कथामा भिडियो निर्माण भएको छ । नायक पलले आफूले कल्पना गरेकी सपनाकी परी बनेकी छन्् आँचल । मुस्ताङमा छायांकन गरिएको यो भिडियो विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियो अनिलकुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पादक सुप्रिम पराजुली हुन् ।

यसैगरी, गीतकार लोक राईको आधुनिक गीतको म्युजिक भिडियो पनि बजारमा आएको छ । लोकको शब्दमा राजेशपायल राईले गीत गाएका छन् । संगीतकार दिनेश सुब्बाको संगीतमा कुमार थापाको संगीत संयोजन रहेको छ । म्युजिक भिडियो नवीनबाबु गुरुङले निर्देशन तथा छायांकन गरेका छन् ।सगर थापा र सब्बु गुरुङको अभिनय रहेको यस म्युजिक भिडियो शतीस श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij