
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज सामान्य दुर्घटनामा परेको छ । सोमबार भैरहवा विमानस्थलमा अवतरणको क्रममा ९ एकेएफ जहाज दुर्घटनामा परेको हो ।
अवतरणको क्रममा पछाडिको बाँयापट्टीको टायर पञ्चर भएर दुर्घटनामा परेको बताइएको छ ।
जहाजमा दुई जना पाइलट मात्र थिए भने उनीहरु दुवै जना सकुशल छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij