२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अमेरिकाको टेक्सासमा गोली चल्यो, २६ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा गोली चल्यो, २६ जनाको मृत्यु


काठमाडौं । अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा गोली चल्दा २६ जनाको मृत्यु भएको छ । बन्दुकधारीले प्राथना गरिरहेकाहरुलाई लक्षित गरेर गोली चलाएको बीबीसीले जनाएको छ ।

गोली लागेर २६ जनाको मृत्यु भएको छ । स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार स्थानीय समयअनुसार साढे ११ बजे गोली चलेको थियो ।

यसमा कैयौं व्यक्ति हताहत भएको बताइएको छ ।

टेक्सासको इतिहासमा यो सबैभन्दा ठूलो नरसंहार हो । मृत्यु हुनेको उमेर ५ वर्षदेखि ७२ वर्षसम्मका रहेका छन् । टेक्सास राज्यका गभर्नरले यसलाई राज्यकै ठूलो नरसंहार भनेका छन् ।

बन्दुकधारीको पनि मृत्यु भएको बताइएको छ । एकजना प्रत्यक्षदर्शीका अनुसार २० राउण्ड गोली चलाइएको थियो । गोली चलाएर भाग्दै गरेका संदिग्ध व्यक्तिको मृत्यु आफैंले गोली चलाएर हो वा प्रहरीले चलाएको गोलीले मृत्यु भएको भन्नेबारेमा ऐकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij