२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पूर्व आइजी अर्याललाई अख्तियारले बयानका लागि बोलायो

पूर्व आइजी अर्याललाई अख्तियारले बयानका लागि बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई अकूत सम्पति आर्जन गरेको अभियोगमा बयानको लागि बोलाएको छ।

अख्तियार स्रोतले भन्यो, ‘केही समय अगाडि निकालेको लिस्ट अनुसार आज पूर्व महानिरीक्षकलाई अनुसन्धानको लागि बोलाएको हो।’
अख्तियारले अर्याललाई ‘१३ पाने’ समेत भराएको स्रोतले बतायो।

अर्यालसँगै आयोगले काठमाडौं महानगरपालिका सुरक्षा प्रमुख धनपति सापकोटा, बहालवाला सचिव गजेन्द्र ठाकुरलाई समेत अनुसन्धान शुरु गरेको हो।

अख्तियारले सडक विभाग लगायत अन्य कर्मचारीलाई पनि अकुत सम्पति आर्जन गरेको विषयमा अनुसन्धान शुरु गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij