२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपालको लगातार तेस्रो हार, प्रतियोगिताबाट बाहिरियो

नेपालको लगातार तेस्रो हार, प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । कीर्गिस्तानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । छनोट अन्तर्गत शनिबार भएको समूह चरणको तेस्रो खेलमा नेपाल युएईसँग १ – ० ले पराजित भएको हो ।

किर्गिस्तानको राजधानी बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा पेनाल्टी अवसरमा गोल गर्न नसक्दा नेपाल पराजित हुन् पुगेको हो । युएईको जितमा खल्फान हसन अल हमादीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युएईले अग्रता बनाएको थियो । खेलको ७२ औं मिनेटमा हमादीले गोल गर्दै युएईलाई सुरुवाती अग्रता दिलाए । खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा बराबरी गोल गर्ने मौका पायो । तर, खेलको ९० औं मिनेटमा पाएको पेनाल्टीमा अविशेक रिजालले गोल गर्न नसक्दा नेपाल पराजित हुन् पुग्यो । अविशेकको प्रहार युएईका किपरले उत्कृष्ट बचाउ गरे ।

यो हारसँगै छनोटको कठिन मानिएको ‘समूह ए’ मा रहेको नेपालको दोस्रो चरण पुग्ने लक्ष्य समाप्त भएको छ । यसअघि नेपाल आयोजक किर्गिस्तानसँग २ – ० र बहराइनसँग ४ – ० ले पराजित भएको थियो । अंकबिहिन नेपालले अब अन्तिम खेलमा नेपालले कात्तिक २२ गते ओमानसँग खेल्नेछ ।

छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij