२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक (पूर्ण सूचीसहित)

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक (पूर्ण सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरुले बुुझाएको उम्मेदवारको बन्द आज सूचि सार्वजनिक गरेको छ ।

आयोगले पत्रकार सम्मेलन गरी राजनीतिक दलहरुले पेश गरेको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची सार्वजनिक गरेको हो । आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले ५३ वटा राजनीतिक दलहरुले संशोधनसहित बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरिएको जानकारी दिए ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारमाथि दावी विरोध गर्न मंसीर २४ गतेसम्मको समय तोकि दिएको छ ।

त्यसपछि छानवीन गरी मंसीर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने पनि आयोगका सचिव पौडेलले स्पष्ट पारे । निर्वाचन कानुनले तोकिदिएको क्लष्टर भित्र रहेर राजनीतिक दलहरुले उम्मेदवारको संशोधित सूचि बुझाएपछि आयोगले त्यसको विवरण सार्वजनिक गरेको हो ।

आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij