
काठमाडौं । एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट उमेदवारी दिएकी कोमाल वलीलाई एमाले उमेदवारीबारे समीक्षा गर्न आग्रह गरेको छ । अन्तिम समयमा आएर पार्टीले धोका दिएको भन्दै स्वतन्त्रबाट उमेदवारी दिएकी वलीलाई एमाले नेता शंकर पोखरेलले उमेदवारीबारे सोच्न आग्रह गरेका हुन् ।
“शंकर पोखरेल र मबीच अहिले डेढ घण्टा लामो कुराकानी भयो । उहाँले पार्टीले तपाइँलाई प्रत्यक्षमा नै उठाउने भन्ने कुरा स्थायी समिति बैठकमा कुरा भएको थियो ।
अध्यक्ष केपी ओलीले महिला उमेदवार कम छन्, उहाँलाई उठाउनु पर्छ भन्नुभएको रहेछ,” दाङबाट टेलिफोनमा वलीले भनिन्, “१५ दिन अगाडि म चुनावका लागि भन्दै दाङ आएपछि त्यहाँ टिकटका लागि छलफल हुँदा मेरो पक्षमा बाल्दिने कोही नभएका कारण मैले टिकट नपाएको शंकरजीले भन्नुभयो । उहाँको आग्रहअनुसार म मेरो परिवार तथा मलाई स्वतन्त्रबाट भए पनि उठ्नुपर्छ भन्ने व्यक्तिहरुसँग छलफल गरेर एक÷दुई दिन भित्रै निर्णय गर्छु ।”
अध्यक्ष ओलीले कोमललाई टिकट नदिएर एउटा गल्ति गरिसकेको भन्दै पार्टीमा धेरै जिम्मेवारी हुने भन्दै त्यसबाट भने बञ्चित नगर्ने भन्दै उमेदवारी फिर्तालिन आग्रह गरेको नेता पोखरेलाई उद्धृत गर्दै कोमलले भनिन् ।
कोमलले आफ्नो जिल्लाको नेता पोखरेल नै भएको भन्दै उनकै विशेष आग्रह र पहलमा आफू एमाले प्रवेश गरेको बताइन् । एमाले प्रवेश गर्ने बेला कोमल राप्रपाकी केन्द्रीय सदस्य थिइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij