२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बार्सिलोना हार्‍यो, मेस्सीले जोगाउन सकेनन्

बार्सिलोना हार्‍यो, मेस्सीले जोगाउन सकेनन्

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ ।

बार्सिलोना ९ खेलाडीमा सीमित भएको एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भएको हो । पछिल्लो चार वर्षमा बार्सिलोनामाथि पहिलो जित दर्ता गर्ने क्रममा एथ्लेटिकोको बिल्बाओका लागि आरिट्ज आडुरिज र इनाकी विलियम्सले गोल गरे । २५ औं मिनेटमा आडुरिज र २८ औं मिनेटमा विलियम्सले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली एथ्लेटिको बिल्बाओले २–० को अग्रता लियो ।

५२ औं मिनेटमा बार्सिलोनाका लागि लियोनल मेस्सीले एक गोल फर्काए । ७४ औं मिनेटमा राउल गार्सिया तथा ८० औं मिनेटमा आन्द्रे टुरास्पे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको बिल्बाओ ९ खेलाडीमा सीमित भयो । तर बार्सिलोनाले यसको फाइदा लिन सकेन । लुइस स्वारेज र नेइमारले पनि यो खेलमा गोल गर्न सकेनन् । दोस्रो लेग आउँदो बुधबार नाउ क्याम्पमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij