
हेटौंडा । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नम्बर प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट मुख्य निर्वाचनको कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली कांग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताए ।
उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा कांग्रेस र राप्रपाको बीचमा सामान्य वादविवाद रहे पनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपुग्ने स्पष्ट पारे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij