२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

झापा ५ बाट उमेदवारी दिए ओलीले

झापा ५ बाट उमेदवारी दिए ओलीले


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् ।

बिहीबार काठमाडौंबाट उमेदवारी दर्ता गर्न झापा पुगेका ओलीले २ बजे उमेदवारी दर्ताका लागि समय लिएका थिए । उनले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिएका हुन् ।

उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उमेदवारी दिएका छन् । यसअघि झापा ७ बाट उमेदवार बन्दै आएका ओली नयाँ संरचनाअनुसार पाँच क्षेत्र भएपछि सो क्षेत्रमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij