२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कांग्रेसको धोका दिने बानी छ : ओली

कांग्रेसको धोका दिने बानी छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको धोका दिने बानी रहेको टिप्पणी गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले हतास मनस्थिति र अस्वस्थ प्रचार शैलीले जनता भ्रममा पर्ने बताए ।

कांग्रेसको धोका दिने बानीमा राप्रपा पनि फसेको उनले बताए । “कांग्रेस दाउपेचमा विश्वास गर्छ, राजनीतिमा हैन, धोकामा विश्वास गर्छ, इमानमा हैन । इमानमा बसे पो कसैसँग सहकार्य हुन्छ,” उनले भने ।

झापा–३ राप्रपालाई दिन कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित सम्झौता गरेको दाबी गर्दै उनले पछि राप्रपाले धोका खाएको बताए । झापा–३ मा कांग्रेसबाट कृष्णप्रसाद सिटौला र राप्रपाबाट राजेन्द्र लिङ्देनले उमेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij