
काठमाडौं । माओवादी केन्द्रको भागमा उपत्यकामा ६ सिट परेको छ । बुधबार एमाले–माओवादी केन्द्रले भागवण्डा मिलाएका हुन् । भागवण्डा अनुसार काठमाडौँमा ४ सिट र ललितपुर–१ छाड्न एमाले राजी भएको हो । भक्तपुर–१ मा गठबन्धनले नेपाल मजदुर किसान पार्टीलाई समर्थन गर्ने निर्णय गरेको छ । भक्तपुर २ मा पनि माओवादी केन्द्रले मिलन सुवाललाइ टिकट दिएको छ ।
प्रतिनिधिसभातर्फ काठमाडौंको १ ६, ८ र १० नम्बर निर्वाचन क्षेत्र र ललितपुर–३ केन्द्रको भागमा परेको छ । त्यस्तै प्रदेशसभातर्फ भने काठमाडौँमा दुई सिटमात्रै माओवादी केन्द्रको भागमा परेको छ ।
यी हुन् माओवादी केन्द्रका उमेदवार
पार्टीका काठमाडौँ इन्चार्ज लेखनाथ न्यौपानेका अनुसार काठमाडौँ १ मा अनिल शर्मालाई टिकट दिइएको छ । उनी पूर्व गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् ।
६ मा झक्कु सुवेदी, ८ मा उमेश स्थापित र १० मा हितमान शाक्य उमेदवार तोकिएका छन् ।
त्यस्तै ललितपुर–३ मा भने प्रवक्ता पम्फा भुषाल चुनाव लड्नेछिन् । भुषाल ०६४ सालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित सांसद हुन् । काठमाडौं ८ बाट उमेदवार बन्न लागेका सुवेदीले ०६४ को निर्वाचनमा एमालेको तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई हराएका थिए भने शाक्य काठमाडौँ–६ बाट निर्वाचित भएका थिए ।
प्रदेशसभामा भने काठमाडौँ–३ को (क) र १० को (ख) टुंगो लागेको छ । ३ (क) बाट रुद्र बराइली र १० (ख)बाट दीलिप महर्जनलाई माओवादी केन्द्रले टिकट दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij