२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

शीर्ष नेताको सुरक्षामा ध्यान दिनू : निर्वाचन आयोगको सरकारलाई निर्देशन

शीर्ष नेताको सुरक्षामा ध्यान दिनू : निर्वाचन आयोगको सरकारलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले शीर्ष तहका नेताहरुको सुरक्षा व्यवस्थामा सतर्क रहन सकारलाई निर्देशन दिएको छ।

आयोगले निर्वाचन तयारी बारे जानकारी दिन आज गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले यस्तो निर्देशन दिएका हुन्।

‘यस पटकको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा राजनीतिक दलका पार्टी प्रमुख तथा उच्च पदाधिकारीहरुले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारी मनोनयन गर्नुहुने भएकाले त्यसै अनुसारको उच्च सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोग सुरक्षा निकायलाई निर्देशन दिन चाहन्छ,’ प्रमुख आयुक्त यादवले भने, ‘सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरुले मनोनयन दर्ता कार्यक्रमलाई व्यवस्थित, मर्यादित र भयरहित ढङ्गले अघि बढाउन समयमै आवश्यक पहल गर्नु नै हुने छ भन्ने विश्वास आयोगले लिएको छ।’

प्रमुख दलका प्रमुख नेताहरु अधिकांश प्रत्यक्षतर्फ नै चुनाव लड्ने हुँदा उनीहरुको सुरक्षामा निर्वाचन आयोगले विशेष चासो राखेको हो।

आयोगले पहिलो चरणमा जस्तै दोस्रो चरणको उम्मेदवारी मनोनयन दर्ता पनि शान्तिपूर्ण तरिकाबाट हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij