२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उत्तरी गोरखामा भारी हिमपात, चुनावी गतिविधि प्रभावित

उत्तरी गोरखामा भारी हिमपात, चुनावी गतिविधि प्रभावित


गोरखा । जिल्लाको हिमाली क्षेत्रमा सोमबार साँझदेखि हिमपात भएको छ । हिउँद लागेपछि पहिलो पटक हिउँ पर्न सुरु भएको स्थानीयवासीले बताएका छन् । तीन हजार मिटर उचाईभन्दा माथिका अधिकांश ठाउँमा हिउँ परेको उनीहरुले बताए ।

हिमाली क्षेत्रमा हिमपात भएपछि चुनावी गतिविधि समेत प्रभावित भएको छ । हिमालपारिका सामागाउँ, साम्दो, ल्हो, प्रोक, छेकम्पारका बस्ती सम्मै हिउँ जमेको हो । ‘हिउँले बस्ती पुरै ढाकेको छ’, चुमनुव्री गाउँपालिकाका वडा सचिव बेदप्रकाश ढकालले भने, ‘चिसो बढेका कारण चुनावी कार्यक्रम पनि प्रभावित हुनसक्छ ।’ हिउँ जमिराखे चुनाव गराउन समस्या हुने उनको भनाइ छ । चुनावका कारण जाडो छल्न अन्यत्र नगएर गाउँमै बसेका स्थानीय, पशुचौपाय चिसोका कारण प्रभावित भएका छन् ।

हिउँ परेपछि बाली नाली सप्रने भन्दै स्थानीय खुसी पनि छन् । विगतका वर्षहरुमा भन्दा चाँडो हिउँ पर्न थालेको पनि उनीहरुको भनाइ छ । हिउँ परेका कारण स्थानीय घरबाट बाहिर ननिस्केको ढकालले बताए । जिल्लाको तल्लो पहाडी क्षेत्रमा पनि घाम लागेको छैन भने चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij