२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

यु–१९ एसिया कप फुटबल छनौट : नेपाल आज किर्गिस्तानसँग खेल्दै

यु–१९ एसिया कप फुटबल छनौट : नेपाल आज किर्गिस्तानसँग खेल्दै

काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे किर्गिस्तानमा हुनेछ ।

यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ । यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।

नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले तयारी राम्रो रहेकाले नतिजा आफूहरुको पक्षमा आउनेमा आशावादी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij